हुंकार मधेसले थरुहट–मधेसका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ।
हुंकार मधेशको केन्द्रीय सचिवालय बैठकले आज विभिन्न जिल्लाका लागि सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो।
बैठकले झापादेखि कञ्चनपुरसम्मका जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ।
हुंकार मधेसले झापामा हिरा महतो, मोरङमा हिरालाल मण्डल, सुनसरीमा रामनारायण मेहता, उदयपुरमा प्रकाश काफ्ले, सप्तरीमा शैशव राजु, सिरहामा सरोज यादव, धनुषामा श्याम चौधरी, महोत्तरीमा राजकुमार महतो, सर्लाहीमा ब्रजेन्द्र शर्मा र रौतहटमा राहुल झालाई सम्पर्क व्यक्ति तोकेको छ।
त्यस्तै, बारामा डा. आरके कश्यप, पर्सामा अनिरुद्ध प्रसाद सिंह, मकवानपुरमा सरोज धानुक, चितवनमा हेमन्तकुमार, नवलपरासीमा ईश्वर चौधरी, रूपन्देहीमा राम रक्षा मौर्य, कपिलवस्तुमा दिपेन्द्रकुमार सिंह, दाङमा भगवान चिराग, बाँकेमा खुस्बु श्रीवास्तव र बर्दियामा आदर्श शुक्लालाई जिम्मेवारी दिइएको प्रवक्ता केशव झाले जानकारी दिए।
यसैगरी, कैलालीमा वीरबहादुर बडायक, कञ्चनपुरमा दयाराम चौधरी, काठमाडौंमा विमलेश मानव, ललितपुरमा प्रकृति दुलाल र भक्तपुरमा बालकृष्ण अवतारलाई सम्पर्क व्यक्तिको जिम्मेवारी दिइएको छ।
संगठनले आगामी मंसिरको पहिलो सातादेखि ‘हुंकार हुलाकी यात्रा’ सुरू गर्ने तयारी गरेको छ। यात्राको तयारीका लागि विभिन्न जिल्लामा अभियानसम्बन्धी बैठकहरू भइरहेको हुंकार मधेसले जनाएको छ।