गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अहिले सरकार र मन्त्री परिवर्तन नहुने बताएका छन्।
आफू जिल्ला-जिल्लामा जाँदा सरकारलाई लिएर पत्रकारहरूले प्रश्न सोध्ने गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सहमतिअनुसार अहिलेको सरकार २०८४ सालसम्मै रहने बताए।
‘यो सरकार परिवर्तन हुने र फेरि अर्को सरकार बन्ने भन्ने खालका जति पनि हल्ला छन् त्यसको अर्थ छैन,’ चितवनमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले भने, ‘यो सरकार र मन्त्रीहरू परिवर्तन हुने भन्ने अस्थिरताको सन्देश दिन खोजेको जस्तो देखिन्छ।’
कांग्रेस र एमाले असार १७ मा भएको ७ बुँदे सहमतिअनुसार नै अघि बढेको र गठबन्धनमा कुनै पनि समस्याहरू नआएको उनको भनाइ छ।
भिडिओ: