संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू भएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही समय ढिला सुरू भएको थियो।
बैठकमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले बोल्न समय दिन सभामुख देवराज घिमिरेसँग माग गरेका थिए। रास्वपाका सांसदहरू लामो समय उठेर बैठकमा विरोध जनाइरहेका थिए।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न समय दिने कार्यसूची रहेको र आफ्नो पालोमा बोल्न र त्यसबेला बरू केही समय थप गर्न सकिने भन्दै आसनग्रहण गरी बैठक सञ्चालनको वातारण बनाउन आग्रह गरेका थिए।
तर रास्वपा सांसदहरू उठेर विरोध गरिरहे।
सभामुख घिमिरे कार्यसूचीमा प्रवेश गरे। त्यसपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई विभेद गरेको भन्दै १५ मिनेट बैठक बहिस्कार गर्ने बताए भने त्यससँगै रास्वपा सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।
संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। रास्वपा सांसदहरू भने बैठक कक्षभित्र छैनन्।
यो पनि: संसद बैठक चल्दाचल्दै १५ मिनेटका लागि बाहिर निस्किए रास्वपाका सांसदहरू