नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई सुन्धारा कारागारबाट डिल्लीबजार कारागार सारिएको छ।
जेन-जी आन्दोलन क्रममा भदौ २४ गते कारागारबाट भागेका मन्त्री रायमाझी सोमबार ( असोज ६ गते) कारागार फर्किएका थिए।
कारागारबाट फर्किएपछि डिल्लीबजार कारागार जाने इच्छा व्यक्त गरेपछि उनलाई पठाइएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए।
'उहाँले उतै बस्ने इच्छा व्यक्त गरेपछि हामीले पठाइदियौं,' उनले भने।
स्थानान्तरण पत्र लिएर आएपछि देशभरका जुनसुकै ठाउँबाट आए पनि आफूहरूले राख्नुपर्ने डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले जानकारी दिए।
'पत्र लिएर आएपछि हामीले कारागारमा राखेका छौं,' उनले भने।