राइड सेयरिङ एप पठाओका संचालक असिममान सिंह बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले आफू तीन वटा एजेन्डा अघि सार्दै चुनावी अभियानमा लाग्ने बताए।
‘व्यवस्था सहज भएन भने क्षमता भएर पनि भविष्य अनिश्चित हुन्छ। म राजनीति गर्न होइन जिम्मेवारी लिन आएको हो,’ उनले भने, ‘उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था, युवा पुस्ताले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्नु मेरो चाहना हो। दोस्रो कुरा जबाफदेहीता; काम गर्नेले जबाफ दिनुपर्छ, निर्णय गर्नेले जिम्मेवरी लिनुपर्छ यो नै सुशासनको आधार हो। तीन; अनुभव र नयाँ पुस्ताको जोड्ने पहल; जहाँ अनुभवी पुस्ता र युवाबीच संवाद मार्गदर्शन र सहकार्य होस्।’