कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंको राजीनामा स्वीकृत भएको छ।
प्रदेश प्रमुख परशुराम खापुङले गुरागाईंले दिएको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार गुरागाईंले मंगलबार पदबाट राजीनामा दिएका थिए।
पदको दुरूपयोग गरेको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्।
गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको र अदालतको आदेश विपरीत कर्मचारी बढुवाका लागि सिफारिस गरेको विषयमा विवादमा तानिएका थिए।
आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विभिन्न क्षेत्रबाट विरोध भएपछि उनीमाथि नैतिक दबाब बढेको थियो।