नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विशेष महाधिवेशनस्थल पुगेका छन्।
औपचारिक कार्यक्रम सुरू भएको केही बेरपछि महामन्त्री शर्मा भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थल पुगेका हुन्।
अर्का महामन्त्री गगन थापा भने केही बेर अघि नै विेशेष महाधिवेशनस्थल पुगेका थिए।
उनीहरू दुई जनाले महाधिवेशनको उद्घाटन गर्ने भनिएको छ।
नियमित महाधिवेशन नहुने भएपछि दुई महामन्त्रीले नै विशेष महाधिवेशन आह्वान गरेका थिए।