नेपाली कांग्रेको विशेष महाधिवेशन उद्घाटन भएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दियो बाली विरूवामा पानी हालेर विशेष महाधिवेशन उद्घाटन गरेका हुन्।
उद्घाटनपछि नेताहरूले बोल्ने क्रम सुरू भएको छ।
विशेष महाधिवेशनमा कम्तिमा ६० प्रतिशत प्रतिनिधिहरू सहभागी भएको आयोजकले जनाएको छ।
भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाम दर्ता गराउने क्रम पनि जारी छ।
असोज २९ गते विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेका थिए।
तर संस्थापन पक्षले नियमित महाधिवेशन घोषणा गरेको थियो।
नियमित महाधिवेशन पनि समयमै नहुने भएपछि महामन्त्रीद्वय गगन र विश्वप्रकाशले विशेष महाधिवेशन आह्वान गरेका थिए।
उद्घाटन कार्यक्रमपछि आजै बन्द सत्र सुरू हुनेछ।
तस्बिरहरूः
-ink-1768121289.jpeg)
-ink-1768121287.jpeg)
-ink-1768121287.jpeg)
-ink-1768121287.jpeg)
-ink-1768121286.jpeg)
-ink-1768121285.jpeg)
-ink-1768121284.jpeg)
-ink-1768121282.jpeg)
-ink-1768121282.jpeg)
-ink-1768121283.jpeg)
-ink-1768121284.jpeg)
-ink-1768121286.jpeg)
-ink-1768121289.jpeg)
-ink-1768121290.jpeg)
-ink-1768121291.jpeg)