नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र जारी छ।
अहिले नेताहरूले आफ्नो भनाइ राखिरहेका छन्।
उद्घाटन सत्रको मञ्चमा कुर्सी राखिएको छैन। नेताहरू कुसनमा बसेका छन्।
कार्यकर्ताहरूका लागि कुर्सीको व्यवस्था गरिएको छ।
विशेष महाधिवेशनको उद्घाटन समारोहमा नेताहरू गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी लगायतका नेताहरू पनि पुगेका छन्।
विशेष महाधिवेशन पक्षधरका नेता गुरूराज घिमिरेले विशेष महाधिवेशनमा देउवा पक्षका ३० जना केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनमा सहभागी भएको बताएका छन्।
पूर्व सांसद पुष्पा भुसाल, विनोद चौधरी, डिला सङ्ग्रौला, उदय शम्शेर राणा, देवेन्द्र कँडेललगायत देउवा पक्षीय नेताहरू भृकुटीमण्डप पुगेका छन्।
डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्णबहादुर बुढा, अर्जुन जोशी, राजन केसी, जानकी सिंह, अब्दुल सत्तार, दिलमान पाख्रिन, उदय शम्शेर राणा, देवेन्द्र कँडेल, नानु बास्तोला, आङ्गेलु शेर्पा, योगेन्द्र चौधरी, विनोद चौधरी, हृदयराम थानी, सुनिल शर्मा, मैकुलाल बाल्मीकि लगायतका नेता भृकुटीमण्डप पुगेका हुन्।
उनीहरू विशेष महाधिवेशन स्थल आएको जानकारी दिँदै नेता गुरुराज घिमिरेले देउवा पक्षीय अरू सदस्यलाई सभापति देउवालाई पनि लिएर आउन आह्वान गरेका छन्।
तस्बिरहरूः

















