नेपाली कांग्रेसका नेता सुनिल शर्माले बन्द सत्र हलमा उपस्थित हुन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले भोलि बिहान उद्घाटन हुने बन्द सत्रको हलमा उपस्थित हुन सभापति देउवालाई आग्रह गरेका हुन्।
'शेरबहादुर दाइ एउटा ठूलो इतिहास बोकेको हाम्रो नेता हो। तपाईंलाई अब उमेरका बेला माथिबाट बोलाइरहेको बेलामा आफ्ना कार्यकर्ताहरू हिजो जसले तपाईंलाई भोट हाल्यो सभापति बनायो पटकपटक तपाईंलाई सत्तामा पुर्यायो। रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा यो हलमा आउनुस्,' उनले भने।
उनले देउवालाई ५/६ वटा विकल्प दिन सकिने पनि बताए।
'पहिलो विकल्प तपाईं फेरि चुनाव उठ्नुहुन्छ? तपाईंले हार्नुहोला, मैले हारौंला वा गगनजीले हार्नुहोला वा विश्वजीले हार्नुहोला तर लोकतन्त्रले जित्छ। तपाईं हारिरहँदा पनि हामी हार्ने साथीहरूलाई रथ हायर गरेर फुलमालासहित पञ्चेबाजा घर पुर्याउँछौं। यो हाम्रो कमिटमेन्ट हो। साहस छैन भने हामी मल्टिपल विकल्प दिन सक्छौं।ती विकल्प मध्यर् पार्टी नफुटाइ एकढिक्का राखेर सबै विकल्पमा होस्टेमा हैँसे गर्नेछौं,' उनले भने।