नेपाली कांग्रेसका नेता मधु आचार्यले केन्द्रीय समितिको आकस्मिक बैठकले बोलाएर विशेष महाधिवेशनलाई अपनत्व लिनुपर्ने धारणा राखेका छन्।
आइतबार काठमाडौंको भृकुटीमण्विडपमा आयोजित विशेष महाधिवेशन उद्घाटनमा बोल्दै आचार्यले सभापति शेरबहादुर देउवा लगायत नेताहरू सहभागी नभएको हुँदा केन्द्रीय समिति बोलाएर निर्णय लिनुपर्ने बताए।
‘भोलि बिहानै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइयोस्, केन्द्रीय समितिको आकस्मिक बैठकले यो विशेष महाधिवेशनलाई ओन (अपन्त्व) लिने निर्णय गरोस्,’ उनले भने।
यसरी निर्णय गरेमा विशेष महाधिवेशन थप हर्षोल्लासका साथ समापन हुने पनि उनले बताए।
‘आफ्नै विशेष महाधिवेशन भएको ग्रहण गरोस्। यसको समापन हुँदा अझ हर्षोल्लासका साथ महसुस गर्न पाऊँ,’ उनले भने।