नेपाली कांग्रेसको असोज १८ देखि २३ गतेसम्म चलेको १५औँ महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा भयो।
महाधिवेशनमा केही उम्मेदवारले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पराजित गरेका छन्।
धेरै मतान्तरले विजयी हुने शीर्ष पाँच उम्मेदवारमा सभापति गगन थापादेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवार छन्।
१. गगन थापा, सभापति
सभापतिमा निर्वाचित गगन थापाले सबैभन्दा ठूलो मतान्तरले जितेका छन्।
उनले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। थापाले ५ हजार ९०९ मतको अन्तरले जित हासिल गरेका हुन्।
२. प्रकाश रसाइली स्नेही, सहमहामन्त्री (दलित)
सहमहामन्त्री दलिततर्फ निर्वाचित प्रकाश रसाइली स्नेहीले ४ हजार ८०४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० मत पाए। स्नेहीले ३ हजार ६८३ मतको अन्तरले जितेका हुन्।
३. प्रतिमा गौतम, सहमहामन्त्री (महिला)
महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भइन्। उनले ५ हजार ११६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नानुमाया बास्तोलाले १ हजार ५५४ मत पाइन्। गौतमले ३ हजार ५६२ मतको अन्तरले जित हासिल गरिन्।
४. हरिप्रभा खड्गी, केन्द्रीय सदस्य (महिला, बागमती)
बागमती प्रदेशबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गीले ५ हजार १२६ मत प्राप्त गरिन्।
उनकी निकटतम प्रतिस्पर्धी कविता इटनीले १ हजार ६०६ मत पाइन्। खड्गीले ३ हजार ५०६ मतको अन्तरले जितेकी हुन्।
खड्गी काठमाडौं महानगरकी पूर्वउपमेयर पनि हुन्।
५. भुवनराज भट्ट, केन्द्रीय सदस्य (युवा, सुदूरपश्चिम)
सुदूरपश्चिम प्रदेशबाट युवा केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर भुवनराज भट्टले ३ हजार ५३० मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी योगेन्द्र रावलले ८९८ मत पाए। भट्टले २ हजार ६३२ मतको अन्तरले जित हासिल गरेका हुन्।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ कात्तिक १२ गते केन्द्रीय कार्यालय सानेपामा हुनेछ।