नेकपा एमालेले झापा–४ मा उम्मेदवार फेरेको छ।
गत शनिबार बसेको एमाले सचिवालय बैठकले झापा–४ मा मनोज ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
तर आज परिवर्तन गरेर एलपी सावाँ लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको एक सचिवालय सदस्यले बताए।
सावा त्यो क्षेत्रबाट लगातार दुई चुनाव जित्दै आएका छन्।
उनी गत महाधिवेशनमा केन्द्रीय सदस्यको सूचीमा पनि परेका थिएनन्।