नेकपा एमालेले कञ्चनपुर–१ मा निवर्तमान सांसद तारा लामा तामाङलाई नै उम्मेदवार बनाउने भएको छ।
शनिबार बसेको सचिवालय बैठकले पूर्वविद्यार्थी नेता कमला बोहरालाई टिकट दिएको थियो। तर आज परिवर्तन गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
‘त्यहाँ परिवर्तन गरेर तारा लामा तामाङलाई दिने निर्णय भयो भन्ने सुनेको छु,’ उनले भने।
तामाङ गत निर्वाचनमा त्यहाँ प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
२०७४ मा उनी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।