राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाह सँगको पहिलो वार्ता ५ मिनेटमै सकिएको बताएका छन्।
सोमबार जनकपुरधाममा आयोजना गरेको घोषणा सभामा बोल्दै रविले बालेनसँग सहकार्य गर्ने विषयमा वार्ता हुँदा ५ मिनेटमै कुरा टुंग्याइएको बताएका हुन्।
'हामीबीच वार्ता गर्दा ५ मिनेटमै सकिएको थियो। स्वार्थका लागि लड्नेहरूलाई हो घन्टौं समय लाग्छ, हामी देशका लागि आएका हौं,' उनले भने, 'हामी दुवै देशका हितका लागि एकै ठाउँमा आएका हौं।'