नेपाली कांग्रेसले रौतहट-१ मा पूर्वमन्त्री अनिल झालाई उम्मेदवार बनाएको छ।
यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पाटीले माधव नेपाललाई उम्मेदवार बनाएकोमा उनीविरूद्ध कांग्रेसले झालाई टिकट दिएको हो।
यसअघि झा सद्भावना पाटीका अध्यक्ष थिए।
'मैले कांग्रेसबाट चुनाव लड्ने निर्णय गरेको छु, रौतहट-१ मा मैले टिकट पाएको छुँ,' झाले सेतोपाटीसँग भने।
झा २०७४ मा रौतहट-१ बाटै निर्वाचित भएका थिए। उनी पूर्व उद्योगमन्त्री हुन्।