राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र यसपालि पनि काठमाडौं-१ बाटै चुनाव लड्ने भएका छन्।
रवीन्द्र मिश्र अघिल्लो दुवै निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए।
२०७९ मा मिश्रले ७ हजार १८ मत ल्याउँदा सिंहले ७ हजार १४३ मत प्राप्त गरी विजयी भएका थिए।
२०७४ मा मिश्रले १० हजार ११८ मत प्राप्त गरेका थिए। त्यतिबेला सिंहले १० हजार ९३६ मत ल्याएका थिए।
काठमाडौं-१ मा यसपालि पनि प्रकाशमान सिंहकै चर्चा छ।
एमालेले मोहन रेग्मीलाई उम्मेदवार बनाएको छ। रास्वपाबाट रञ्जु दर्शना र नेपाली कम्युनिस्ट पार्टीले मेनका भण्डारीलाई उम्मेदवार बनाएको छ।
तस्बिरहरूः
-ink-1768890067.jpeg)
-ink-1768890067.jpeg)
-ink-1768890067.jpeg)
-ink-1768890067.jpeg)
-ink-1768890068.jpeg)
-ink-1768890066.jpeg)

