काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रबल थापाले उम्मेदवारी दिएका छन्।
मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दिएका हुन्।
यसअघि प्रकाशमान सिंहले उक्त क्षेत्रबाट चुनाव जित्दै आएका थिए।
प्रबल थापा पार्टीमा महाधिवेशन तथा महासमिति सदस्य छन्। साथै प्रदेश सभा क्षेत्रीय कार्यसमिति सचिव पनि छन्।
उनको परिवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राजावादीहरू निकट धेरै छन्।
राप्रपाका पूर्वअध्यक्ष कमल थापाका आफ्नै भान्जा हुन् प्रबल।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीका ज्वाइँ हुन्।
परिवार पूरै राप्रपा र राजावादी हुँदा पनि प्रबल सानैदेखि कांग्रेसको राजनीतिमा चासो राख्थे। उनका बुवा भने कांग्रेसका कार्यकर्ता थिए। तर प्रबल सानै हुँदा उनको मृत्यु भएको थियो।
-1768907790.jpg)
-1768907790.jpg)
-1768907788.jpg)
-1768907786.jpg)
-1768907787.jpg)
-1768907788.jpg)
-1768907786.jpg)
-1768907785.jpg)
-1768907785.jpg)