नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नुवाकोट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर महतले उम्मदवारी दर्ता गराएका हुन्।
महत पहिलोपटक नुवाकोटबाट चुनाव लड्न लागेका हुन्।
यसअघि २०७४ को चुनावमा उनी काठमाडौं-५ बाट उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी पराजित भएका थिए।
२०७९ मा काठमाडौं-५ मा कांग्रेसले प्रदीप पौडेललाई उम्मेदवार बनेका थिए।