प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभालाई सम्बोधन गरेकी छन्।
सोमबार दिउँसो प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभा बैठकमा सम्बोधन गरेकी हुन्।
उनले अन्तरिम सरकार गठन भएको परिस्थितिबारे राष्ट्रिय सभा सदस्यहरूलाई जानकारी गराएकी थिइन्।
त्यस्तै निर्वाचनलाई सफल बनाउनका लागि दल, उम्मेदवार र मतदाताहरूलाई अपिल गरेकी थिइन्।
अन्तरिम सरकारमा मन्त्री भएकाहरू चुनाव लड्न गएको विषयमा पनि प्रधानमन्त्री कार्कीले स्पष्टीकरण दिएकी छन्।
उनले अहिले सरकार छाडेर गएका मन्त्रीहरूलाई त्यतिबेला जेनजीको माग अनुसार जबरजस्ती आफैले अनुरोध गरेर ल्याएको बताएकी थिइन्।
त्यतिबेलै मन लागेको बेलामा सरकार छाडेर जान सक्छौं भनेर आफूले उनीहरूलाई सरकारमा ल्याएको स्पष्टीकरण दिइन्।
'त्यतिबेला जेनजीको प्रेसर थियो उहाँहरूलाई नै सरकारमा ल्याउनुपर्छ भनेर। म आफैले आग्रह गरेर ल्याएको हुँ। उहाँहरूलाई जतिबेला मन लाग्छ छाडेर जान सक्छौ पनि भनेका थियौं। त्यसकारण अहिले सरकार छाडेर चुनाव लड्न गयो भनेर आलोचना गर्न आवश्यक छैन,' उनले भनिन्।
तस्बिरहरूः
-ink-1770023768.jpeg)
-ink-1770023768.jpeg)
-ink-1770023768.jpeg)