त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पूर्वराजाका समर्थकहरूले प्रदर्शन गरेपछि यात्रुहरूलाई सास्ती भएको छ।
प्रदर्शनका कारण विमानस्थल आसपासको सडक क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रु समयमै टर्मिनलसम्म पुग्न कठिनाइ भएको हो।
प्रदर्शनकारीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी गरिरहेका छन्।
विमानस्थल प्रवेशद्वार नजिकै केही समय भीड बढेपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो।
यात्रुहरू भने अनिश्चित अवस्थाका कारण चिन्तित देखिन्थे। केहीले समयमै चेक–इन गर्न नपाएको गुनासो गरेका छन् भने केही यात्रु उडान छुट्ने डरले पैदलै विमानस्थलतर्फ लागेको देखिएको छ।
सुरक्षा निकायले विमानस्थलको आन्तरिक उडान तालिकामा प्रत्यक्ष असर नपरेको जनाएको छ। तथापि, बाहिरी सडक क्षेत्रमा भएको अवरोधका कारण यात्रुहरूले असहजता भोग्नुपरेको बताइएको छ।
काठमाडौं प्रशासनले बिहीबारदेखि लागू हुनेगरी विमानस्थल आसपास निषेधाज्ञा जारी गरेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आउँदैछन्।
उनलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान लगायत विभिन्न राजावादी समूहहरूले विमानस्थलमा उपस्थित हुन आह्वान गरेको थियो।
तस्बिरहरू:
-1770968065.jpg)
-1770968064.jpg)
-1770968062.jpg)
-1770968063.jpg)
-1770968063.jpg)
-1770968062.jpg)
-1770968066.jpg)
-1770968060.jpg)
-1770968060.jpg)
-1770968059.jpg)
-1770968056.jpg)
-1770968058.jpg)
-1770968059.jpg)
-1770968061.jpg)
-1770968061.jpg)
-1770968057.jpg)
-1770968063.jpg)
-1770968064.jpg)