राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राप्रपालाई अपेक्षाकृत मत आउन नसकेको बताएका छन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सिटमा मात्रै जितेको छ। जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित भएका थिए।
अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट पराजित भए।
समानुपातिकतर्फ पनि राप्रपाले अहिलेसम्म २ लाख ७५ हजार ३ सय ४३ मतसहित छैटौं स्थानमा देखिएको छ।
यसअघि राप्रपाका प्रतिनिधि सभामा १४ जना सांसद थिए।
यस्तो अवस्थामा प्रवक्ता श्रेष्ठले राप्रपालाई अपेक्षाकृत मत आउन नसकेको टिप्पणी गरेका हुन्।
‘राप्रपाले मिहिनेत नगरेको पनि होइन, हाम्रो नेतृत्व भ्रष्ट र खराब पनि होइन, हामीले जनहित विपरीतका काम गरेको पनि होइन तथापि अपेक्षाकृत मत आउन सकेन,’ सामाजिक सञ्जाल फेसबुकमा आज उनले लेखेका छन्, ‘ताजा जनादेशको स्पष्ट सन्देश- आफ्ना एजेण्डाहरूमा पूनर्विचार गर।’
राप्रपाले चुनावअघि राप्रपा नेपालसँग एकता पनि गरेको थियो।
यो पनि: समानुपातिकमा श्रम संस्कृति पार्टीले जित्यो राप्रपालाई