नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।
बुधबार दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालयमा कार्यसम्पादन समिति बैठक बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू छन्।
कांग्रेसले वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने भनेको छ। साथै वैशाख ४ गते संसदीय दल नेता चयन गर्ने गरी कार्यतालिका ल्याउने तयारीमा निर्वाचन समिति छ।
ती विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।
कार्यसम्पादन अघि केन्द्रीय अनुशासन समितिको बैठक बस्नेछ।
अनुशासन समिति बैठक बिहान ११ बस्नेछ।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियान वैशाखभर सञ्चालन गर्ने तयारी गरेको छ। तर तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले यस विषयमा विरोध जनाएको छ।
नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापति हैसितमा विज्ञप्ति जारी गर्दै पार्टी सदस्यता कसैले खारेज गर्न नसक्ने उल्लेख गरेका छन्।
यसअघि कार्यवाहक सभापति हैसियतमा विज्ञप्ति निकालेपछि खड्कामाथि स्पष्टीकरण सोध्नेदेखि क्रियाशील सदस्यता नै नवीकरण नगर्नेसम्म निर्णय हुन सक्ने चर्चा थियो।
कांग्रेसले खड्कालाई कार्यवाहक सभापति हैसियतमा विज्ञप्ति जारी नगर्नसमेत भनेको थियो।