राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल उपनेतामा गणेश पराजुली चयन भएका छन्।
बिहीबार बसेको संसदीय दल बैठकले काठमाडौं–७ बाट निर्वाचित पराजुलीलाई दल उपनेता चयन गरेका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
आजै बसेको संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको थियो भने प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतक नियुक्त गरेको बुर्लाकोटीले बताए।
समानुपातिक सांसद परियार विवेकशील साझाबाट रास्वपामा समाहित भएका हुन्। रास्वपा केन्द्रीय सदस्य धिताल पनि समानुपातिक सांसद हुन्।