प्रतिनिधिसभाका तीन संसदीय समितिको सभापतिमा तीनवटा प्रतिपक्षी दलले उम्मेदवारी दिएका छन्।
नेकपा एमालेले प्रतिनिधिसभाको शिक्षा समितिमा उम्मेदवारी दिने निर्णय गरेको छ। उक्त समितिको सभापतिमा एमालेका गुरू बरालले उम्मेदवारी दिएका छन्।
त्यस्तै, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन र अनुगमन तथा मूल्याकन समितिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दिएको छ। नेकपाबाट मदनकुमारी शाह 'गरिमा' ले उम्मेदवारी दिएको पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
'हामीसँग रास्वपाले कुनै सरसल्लाह गरेन। उनीहरूले निर्वाचन नै चाहेकाले हामी तीन प्रतिपक्षी दलले एक-एक वटा समितिमा उम्मेदवारी दिने निर्णय गरेका हौं,' दुलालले भने।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवारी दिएको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति प्रमुख प्रतिपक्षी कांग्रेसलाई दिने निर्णय गरेको र प्रतिपक्षी एमाले तथा नेकपाले पनि कांग्रेसकै उम्मेदवारलाई सहयोग गर्ने बताएकोले उनी सार्वजनिक लेखा समिति सभापति निर्विरोध चयन हुने देखिएको छ।