राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको छ।
केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा सबै प्रदेशमा हुने समीक्षा बैठकको मिति तय गर्ने पार्टीले जनाएको छ।
समीक्षा बैठक वैशाख दोस्रो सातासम्म सम्पन्न गरिने प्रवक्ता मोहन श्रेष्ठले बताए।
बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा क्षेत्रीय अध्यक्ष, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उमेदवार एवं जिल्ला निर्वाचन समितिका संयोजकको सहभागिता रहने उनले बताए।
पार्टीको केन्द्रीय सचिवालयको आयोजनामा हुने सबै प्रदेशको समीक्षा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन एवं केन्द्रीय पदाधिकारी सहभागी रहने उनको भनाइ छ।
राप्रपाले फागुन २१ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ५ सिट जितेको थियो।