नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई छाड्न सर्वोच्चले आदेश दिएको छ।
आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको नदेखिएको भन्दै थुनाबाहिरै राख्न आदेश दिएको हो।
‘निजको पक्राउ पुर्जी र म्याद थप कानुन सम्मत देखिएन। निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू, निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ संक्षिप्त आदेशमा भनिएको छ।
गत चैत १५ गते खड्का पक्राउ परेका थिए। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको थियो।