नेपाली कांग्रेसका सांसदहरू छलफलमा जुटेका छन्।
सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आज अपराह्न सांसदहरू छलफलमा जुटेका हुन्।
प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसदहरू छन्।
कांग्रेसले संसदीय दल नेता चयन गरिसकेको छैन। संसदीय दल नेता निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ।
सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा निर्वाचन समिति बनेको छ। सोही समितिले आज सांसदहरूसँग सामूहिक छलफल गरेको हो।
संसदीय दल नेता सहमतिबाट चयन गर्न छलफल गरिएको नेताहरूको भनाइ छ। यदि सहमति नभए चुनावी कार्यक्रम सार्वजनिक गरेर प्रतिस्पर्धा गराउने तयारी छ।
निर्वाचन समितिले सहमति गराउनका लागि संसदीय दल नेताका आकांक्षीहरूसँग पनि छलफल गर्ने तयारी गरेको छ।
कांग्रेसमा पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, योगेश गौचन थकाली, निश्कल राई, बासना थापालगायत संसदीय दल नेताका आकांक्षी छन्।
तस्बिरहरू:
-ink-1776417645.jpeg)
-ink-1776417645.jpeg)
-ink-1776417644.jpeg)
-ink-1776417644.jpeg)
-ink-1776417644.jpeg)
-ink-1776417644.jpeg)
-ink-1776417644.jpeg)
-ink-1776417644.jpeg)
-ink-1776417643.jpeg)
-ink-1776417643.jpeg)
-ink-1776417643.jpeg)
-ink-1776417643.jpeg)
-ink-1776417643.jpeg)
-ink-1776417643.jpeg)
-ink-1776417643.jpeg)
-ink-1776417643.jpeg)