राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य गोपीकृष्ण चौलागाईले पार्टी छाडेका छन्।
उनले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन्।
‘बारम्बार भएको टुटफुटबाट कहिले पाठ नसिक्ने हाम्रो नेतृत्वप्रति अब कुनै पनि प्रकारको आशा राख्न नसक्ने भएकोले पार्टीको सक्रिय तथा साधारण सदस्य समेतबाट राजीनामा दिन्छु,’ चौलागाईले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्बोधन गर्दै लेखेको पत्रमा उल्लेख छ।
उनले चैत १६ गते नै राजीनामा दिएका थिए।
गत संसदीय चुनावमा उनी उम्मेदवार पनि थिए।
चौलागाईले आशातित मत प्राप्त नभएकोमा आफ्नो भागको जिम्मेवारी वहन गर्ने बताएका छन्।
चौलागाई नवीन राप्रपाको अवधारणाअन्तर्गत देशभरबाट चुनिएका ४० वर्षमुनिका केन्द्रीय सदस्य थिए।
उनी रास्वपामा सक्रिय भइसकेका छन्।
