सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा सचिवालय बैठकमा ६ विषयमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको छ।
आजको बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ छलफल गरेर टुंग्याउने तयारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए।
सचिवालय बैठकमा बैंक खाता सञ्चालनबारे पनि छलफल हुनेछ।
आजको बैठकले रिक्त रहेका केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघिय नेतृत्व मञ्च र विभागहरूको मनोनयन गर्ने पनि प्रवक्ता झाले बताएका छन्।
आजको बैठकले महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने पपनि उनको भनाइ छ।
यस्तै बैठकमा विविध विषयमा छलफल हुनेछ। जसअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूलाई संगठनात्मक जिम्मेवारी तोकिनेछ। आजकै बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्नेछ।
बैठकले संसदीय दलको लागि प्राविधिक सहायता एवं लेबी पनि निर्धारण गर्ने झाको भनाइ छ।