सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्दै छ।
आइतबार बस्ने सचिवालय बैठकले यसको प्रारूप र कार्यविधि तय गर्ने सहप्रवक्ता विपिनकुमार आचार्यले जानकारी दिए।
सरकारले आगामी जेठ १५ गते बजेट ल्याउने छ। त्यसभन्दा पूर्व सरकारले नीति, कार्यक्रम ल्याउने छ।
त्यसअघि नै विज्ञ र योजना आह्वान गर्ने तयारी रास्वपाले गर्न लागेको हो। यसअघि विज्ञ र योजनाका लागि सार्वजनिक आह्वान गर्ने चलन थिएन। रास्वपाको योजनाअनुसार कुनै पनि व्यक्ति, संस्थाले पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, उद्यमशीलता, उत्पादन लगायत क्षेत्रमा योजना प्रस्तुत गर्न सक्नेछन्।
देश विकासका लागि व्यक्तिको योजना र दृष्टिकोण समेतलाई जोड्नका लागि रास्वपाले यो प्रचलन अभ्यासमा ल्याउन लागेको बताएको छ।