राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले आगामी वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।
रास्वपाको ७६ जिल्लामा जिल्ला कार्यसमिति र डोल्पामा तदर्थ समिति छ।
सचिवालय बैठक अहिले पनि जारी छ।