राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बोहरा नियुक्त भएका छन्।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई विभाग प्रमुखको जिम्मेवारी दिएको हो।
यसअघि उक्त विभागमा उपसभापति डिपी अर्याल थिए। उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएका थिए।
त्यसयता खाली रहेको पदमा पार्टीले बोहरालाई जिम्मेवारी दिएको हो। उनी कञ्चनपुर-२ बाट निर्वाचित सांसद हुन्।