अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसकी नेता एवम् पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।
इ-पासपोर्ट खरिद प्रक्रियामा अनुसन्धान गर्नुपर्ने भएकाले आयोगले आरजुलाई तीन दिनभित्र हाजिर हुन भनेको हो।
आयोगको टोली मंगलबार बूढानीलकण्ठस्थित खण्डहर निवासमा पुगेर बयानका लागि हाजिर हुन भनेर सूचना टाँसेको छ।
२०८२ भदौ २४ मा जेनजी आन्दोलनका नाममा जलाइएको देउवा निवास अहिले भत्काउने काम भइरहेको छ। त्यही घरको एउटा कुनामा सूचना टाँसेको हो।
जेनजी आन्दोलनपछि उनीहरू महाराजगन्जमा घर भाडामा लिएर बसेका थिए। अहिले उनीहरू उपचारका लागि विदेशमा छन्।
अख्तियारको टोलीले आफूलाई सम्पर्क गरेर इ-पासपोर्ट लागि म्याद तामेल गरेको बूढानिलकण्ठ नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
तस्बिरहरूः
-ink-1781776867.jpeg)
-ink-1781776867.jpeg)
-ink-1781776867.jpeg)
-ink-1781776867.jpeg)
-ink-1781776867.jpeg)
-ink-1781776867.jpeg)
यो पनिः
इ-पासपोर्ट खरिद प्रक्रियामा पूर्वपरराष्ट्र मन्त्री आरजु राणा पनि अख्तियारको अनुसन्धान दायरामा
देउवा दम्पती झन्डै ४ महिनादेखि विदेशमा, कहिले फर्किन्छन्?