नेपाली कांग्रेसका तीन जना पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन्।
पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको हो।
नेता निधिको निधिको निवासमा उनीहरू आज दिउँसो छलफलमा जुटेका हुन्।
पार्टीभित्रको आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेका छन्।
उनीहरूले बेला बेला यसरी नै जुटेर छलफल गर्ने गरेका छन्।
उनीहरू तिनै जना गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशनमा सहभागी थिएनन्।