नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा सुरेश आचार्य नियुक्त भएका हुन्।
भक्तपुरका आचार्यलाई उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
साउन १ गतेदेखि लागु हुने गरि आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
आचार्य यसअघि कांग्रेस प्रचार विभागका पूर्वउपप्रमुख थिए।
साथै उनी राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त पनि हुन्। उनी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पनि हुन्।