नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा संस्थापनइतर पक्षको बैठक बसेको छ।
आज दिउँसो २ बजेदेखि खड्का निवासमा बैठक जारी छ।
सो बैठकमा नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिना, एनपी साउद, रमेश लेखक, मोहनबहादुर बस्नेत, आनन्द ढुंगाना, मीनबहादुर विश्वकर्मा, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, पूर्वमुख्यसचिव कृष्णप्रसाद पौडेललगायत सहभागी छन्।
संस्थापनइतर पक्षको बैठकमा नेता शेखर कोइराला भने सहभागी छैनन्। कोइराला पक्षका नेताहरू पनि खड्काले राखेको बैठकमा सहभागी छैनन्।
यसअघि कोशी र लुम्बिनी प्रदेश भेला भने निवर्तमान सभापति शेरबहादुर देउवा-खड्का तथा नेता शेखर पक्षले संयुक्त रूपमा गरेका थिए। मिलेरै संस्थापन पक्षलाई दबाब दिने भने पनि आजको बैठकमा शेखर पक्ष सहभागी नरहेका हुन्। पूर्णबहादुर र शेखरबीच बिहीबार भेटवार्ता भएको थियो।
संस्थापनइतर पक्षले प्रदेश भेला सकेर अब राष्ट्रिय भेला आयोजना तयारी गरिरहेका छन्। साथै चुनदेवीमा १५ औं महाधिवेशन सम्पर्क कार्यालय खोल्ने तयारीमा उनीहरू छन्।
यो समूह गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएको थिएन। साथै अब हुने १५ औं महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता गर्न पनि संस्थापन पक्षलाई संस्थापनइतर पक्षले माग गरिरहेको छ।
तस्बिरहरू-
-ink-1783070840.jpeg)
-ink-1783070840.jpeg)
-ink-1783070840.jpeg)
-ink-1783070840.jpeg)
-ink-1783070840.jpeg)
-ink-1783070839.jpeg)
-ink-1783070839.jpeg)
-ink-1783070839.jpeg)
-ink-1783070839.jpeg)
-ink-1783070839.jpeg)
-ink-1783070839.jpeg)
-ink-1783070839.jpeg)
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी।