सरकारले एक सय १ हजार ७५४ जनालाई बचत फिर्ता गरेको जनाएको छ।
सय दिने कार्ययोजना कार्यान्वयन सम्बन्धमा जानकारी दिन शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १० वटा सहकारी संस्थाका १ हजार ७५४ जनाको वचत फिर्ता गरिएको जानकारी दिएका हुन्।
फिर्ता रकम २ करोड ६३ लाख ९० हजार रहेको मन्त्री पोखरेलले बताएका छन्।
सहकारीको वचत फिर्ता र शोधभर्ना प्रक्रियालाई व्यवस्थित बनाउने कार्यविधि ल्याइएको पनि उनले जानकारी दिएका थिए।
सरकार गठनपछि रास्वपाले १०० दिनभित्र गर्ने भनेर सार्वजनिक गरेको सय बुँदामा सहकारीको विषय पनि उल्लेख थियो।
बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एक 'एकीकृत बचत सुरक्षा कोष' स्थापना गर्ने र यसबाट सङ्कटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरू गरी भुक्तानीको दिने व्यवस्था गर्ने भनेको थियो।
'हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरू बचतकर्ताको पैसा फिर्ता गराउनु हो। त्यसैले, ‘थुनेर होइन, सुनेर' समाधान गर्ने नीति अनुरूप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरूसँग भरपर्दो स्रोत एवं योजना छ भने, 'मिलापत्र' का लागि कानुनी बाटो प्रसस्त गरिदिनेछौं,' रास्वपाको वाचापत्रमा भनिएको छ।