बेरुजु छलफल उपसमिति गठन गर्ने विषयमा सहमति नभएपछि सार्वजानिक लेखा समितिको बैठक मंगलबार नै दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ।
मंगलबार बिहान बसेको बैठकमा आन्तरिक कार्यविधि पारित गर्ने र बेरूजु छलफल उपसमिति गठन गर्ने कार्यसूची थियो। तर उपसिमितिको संयोजक चयनमा विषयमा कुरा नमिलेपछि बैठक स्थगित भएको हो।
सार्वजानिक लेखा समितिले पाँच वटा उपसमिति गठन गर्ने लागेको छ।
अर्थ सुशासन उपसिमिति, राज्य सुरक्षा, न्याय, कानून र प्रशासन उपसमिति, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमिति, आर्थिक उत्पादन, विज्ञान र मानज पुँजी उपसमिति र सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमिति छन्।
सबै उपसमितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेपछि विपक्षीहरू दलहरूले विरोध गरेका छन्।–न्युज एजेन्सी नेपाल