नेपाली कांग्रेसले संविधान संशोधनका सन्दर्भमा दृष्टिकोण सार्वजनिक गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार 'संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण' सम्बन्धी कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिको आयोजना र सभापति गगन थापाको उपस्थितिमा यो कार्यक्रम हुनेछ।
उपसभापति पुष्पा भुसाल संयोजक रहेको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति सदस्यमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, वरिष्ठ अधिविक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिविक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता सीताराम केसी, वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत, अधिवक्ता रनबहादुर थेवे, अधिवक्ता शर्मिला श्रेष्ठ, अधिवक्ता झलमाया विक छन्।