नेकपा एमाले पुनर्गठन कार्यदल बैठक बसेको छ।
अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार आज मध्याह्न केन्द्रीय कार्यालय च्यासलमा पार्टी पुनर्गठन कार्यदल बैठक बसेको हो।
बैठकमा अध्यक्ष ओली पनि सहभागी छन्।
एमाले पुनर्गठन कार्यदलले प्रदेशहरूमा गएर छलफल गरी सुझाव संकलन गरिसकेको छ। सबै प्रदेशमा पार्टी नेतृत्व परिवर्तनका पक्षमा बहुमत सदस्य देखिएको कार्यदलका सदस्यहरूले बताउने गरेका छन्।
साथै बैठकमा चुनावी समीक्षासमेत हुनेछ।
तस्बिरहरू-



