नेकपाका पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरू एमाले प्रवेश गरेका छन्।
उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
सोही अवसरमा नेकपा केन्द्रीय सदस्यहरू राधेश्याम गुप्ता रुपन्देही, विद्याप्रसाद शर्मा दैलेख, वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ) र रविन्द्र बम बैतडी पनि एमाले प्रवेश गरेका हुन्।
एमाले मुख्यालयमा चलिरहेको पार्टी पुनःगठन कार्यदलको बैठक केहीबेर स्थगित गरेर ओलीले उनीहरूलाई स्वागत गरेका थिए। कार्यदल बैठक फेरि बस्ने आचार्यले जानकारी दिए।