राष्ट्रपति रामचन्द्र पौडेलससँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेटवार्ता गरेका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएका थिए।
उपराष्ट्रपति यादव आजै कतार प्रस्थान गर्दैछन्।
उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लागेका हुन्।
उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश दिनेछन्।