राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि दुर्व्यवहार भएको छ।
गढीमाई नगरपालिका नम्बर ७ पर्सा भन्ने ठाउँमा बिहीबार राति करिब ९ बजेतिर सांसद पौडेलमाथि दुर्व्यवहार भएको हो।
उनीमाथि केही व्यक्तिले पर्चा फ्याँकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
मधेस मुक्ति अभियान जिन्दावाद, नेपाल उपनिवेश अन्त्य गरलगायत लेखिएका पर्चा फ्याँकेर ती युवा फरार भएको कार्यालयले बताएको छ।
कार्यलयले उक्त कार्यमा संलग्नको खोजी गरिरहेको छ।
सामाजिक सञ्जालमा मसी फ्याँकिएको भन्दै भिडिओ बाहिरिएको छ। यद्यपि प्रहरीले यसबारे रिपोर्ट नभएको बताएको छ। घटनाबारे प्रहरीलाई शुक्रबार बिहान मात्रै खबर भएको थियो।
सांसद पौडेल रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।