भारत भ्रमण गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीश मनोजकुमार शर्मा स्वदेश फर्किएका छन्।
सोमबार बिहान एयर इन्डियामार्फत उनी काठमाडौं आइपुगेको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
प्रधान न्यायाधीश शर्माकी पत्नी उमा शर्मा र सहरजिस्ट्रार अमित उप्रेती पनि काठमाडौं फर्किएका छन्।
उनीहरू भारतीय प्रधानन्यायाधीश सूर्यकान्तको निमन्त्रणामा बिहीबार भारत गएका थिए।
उनीहरूले शुक्रबार बिहान भारतीय सर्वोच्च अदालतको भ्रमण गरेका थिए। भ्रमणको क्रममा सर्वोच्च अदालतको इजलासमा समेत प्रधानन्यायाधीश शर्मा बसेका थिए। त्यस इजलासमा बेलायत, भुटान, ब्राजिल र केन्याका न्यायाधीशहरू बसेका थिए।
शुक्रबार साँझ आयोजना संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार कानुन सम्बन्धी आयोगको ६०औं वार्षिकोत्सव कार्यक्रममा उनी सहभागी भए।
आइतबार कार्यक्रम सकेसँगै प्रधानन्यायाधीश शर्माको भ्रमण दल नेपाल फर्किएको हो।