नेपाली कांग्रेसका नेताहरूले भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेटवार्ता गरेका छन्।
कांग्रेस प्रतिनिधि सभा सदस्य सन्दीप राना, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर र लुम्बिनी सांसद निमा गिरीले आज मुख्यमन्त्री फडणवीससँग भेटवार्ता गरेका हुन्।
कांग्रेस नेताहरूसँग भेटवार्ताबारे मुख्यमन्त्री फडणवीसले सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसमेत राखेका छन्।
साथै उनले नेपालका सांसदसहित प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।
‘भारत र नेपालले साझा इतिहास, संस्कृति र पारस्परिक विश्वासमा निर्मित गहिरो मित्रताको बन्धन बाँधेका छन्। हामीले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने र हाम्रा दुई राष्ट्रहरूको साझा प्रगति र समृद्धिको लागि सहयोग विस्तार गर्ने अवसरहरूबारे छलफल गर्यौं,’ मुख्यमन्त्रीले फेसबुकमा लेखेका छन्।