रसुवा वैकल्पिक सडक मार्गबाट सडक सञ्जालमा जोडिएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साना चार चक्के सवारी साधनबाट रसुवाको धुन्चे पुग्ने गरी सडक सञ्चालन गरिएको जानकारी दिएका हुन्।
काठमाडौंको टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली -पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थानबाट धुन्चे सडकखण्ड सञ्चालन गरिएको जानकारी दिएका हुन्।
त्रिशुलीको बाटो हुँदै रसुवागढी जाने बाटो बाढीले क्षतविक्षत भएपछि वैकल्पिक मार्ग सञ्जालनमा ल्याइएको हो।