चिनियाँ राष्ट्रपति सी चिनफिङले रसुवामा गएको बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना पठाएका छन्।
शुक्रबार राष्ट्रपति सीले नेपालका समकक्षी रामचन्द्र पौडेललाई समवेदना पठाएका हुन्।
चिनियाँ मिडिया चाइना सिन्ह्वा न्यूजले पौडेललाई समवेदना पठाएको समाचार लेखेको छ।
चीनको तिब्बत र नेपालको रसुवा नाकामा आएको बाढीका कारण दुबैतर्फ क्षति पुगेको छ। चीनतर्फ पनि धेरै जना मानिस बेपत्ता रहेको चिनियाँ मिडियाले जनाएको छ।
नेपालतर्फ रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा धेरै जनाले ज्यान गुमाएका छन्। शुक्रबारसम्म ५४७ जनाको शव फेला परेको छ।
उद्धार र खोजी कार्य भने अझै जारी छ।