सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने भएको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता सस्मित पोखरेलले भदौ २३ गते जेनजी सहिद दिवसको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय भएको बताए।
गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। जेनजी आन्दोलनमा ४५ जनालाई सहिद घोषणा गरिएको थियो।