राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरूङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्।
उनले निर्माणाधीन जलविद्युत आयोजनाको टनेल तथा सुरूङमाा फसेका नागरिकको सरकारले उद्धार गर्न सक्ने हो कि होइन? भनी प्रश्न समेत गरे।
उनले भविष्यमा हिमताल फुटेर आउने बाढीको क्षति कम गर्न एआई प्रविधिमार्फत जोखिमयुक्त हिमतालको निगरानी गर्न समेत सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘यो त्रिशूली–३ ए मा खोल्न मिल्ने हो कि होइन? सरकारले सक्ने हो कि होइन ? कसको एफोर्ट लाग्ने हो ? त्यो सुरूङमा मान्छे जीवित छन् कि छैनन्। कसले भनिदिने हो खासमा? विदेशी कसैको सहयोग चाहिएर कोही आउने हो कि? सरकारले बताइदिनुपर्यो सभामुख महोदय। यस्ता हिमतालहरू नेपालमा धेरै छन्। आगामी दिनमा यस्ता हिमतालहरू नफुट्नका लागि एआईजडिट क्यामराहरू हुन्छन्। एआई आफैले रिपोर्ट गर्छ। तालमा वा पहाडमा कुनै हलचल भयो सूचना दिने खालका क्यामरा जडान गर्ने हो कि?’
उनले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन माग गरे। –न्युज एजेन्सी नेपाल